
कांग्रेस मधेस प्रदेशले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
कांग्रेसको आज बसेको संसदीय दलको बैठकले जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिन निर्णय गरेको हो ।
एमाले र माओवादी सरकारबाट समर्थन फिर्ता लिएपछि त्यसको २५ औँ दिनमा मुख्यमन्त्री यादवले सदनबाट विश्वासको मत लिन लागेका हुन ।