अपडेट 
२०८१ जेष्ठ २३, बुधबार ०६:५८

प्रदेश सभामा विश्वासको मत लिने मुख्यमन्त्री सरोज कुमार यादवलाई नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)ले विश्वासको मत दिने भएको छ ।

कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय नै गरिसकेको छ ।लोसपाले भने निर्णय सार्वजनिक गरेको छैन् ।तर स्रोतहरुका अनुसार लोसपाले पनि मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने छ ।

स्रोतहरुका अनुसार कांग्रेस, जसपा र लोसपा नेताहरुको वर्दिबासस्थित एउटा होटेलमा भएको बैठकबाट नयाँ गठबन्धन बनाएर अगाडि बढने सहमति भएको छ । लोसपाका सभासद एवं मधेश प्रदेश अध्यक्ष जीतेन्द्र सोनलले मधेश प्रदेश र केन्द्रमा कांग्रेसको साथ रहेको बताए ।‘हामी केन्द्र र प्रदेशमा कांग्रेसका साथ छौ’ उनले भने, हाम्रो गठबन्धनमा जसपा नेपाल आए स्वागत छ ।तर उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिने अथवा नदिने निर्णय बुधवार बिहान गर्ने बताए ।

मुख्यमन्त्रीको पक्षमा कांग्रेसका २२, लोसपाका ८, जसपाका १९ र राप्रपाका १ गरी ५० सभासद्को समर्थन रहेको छ ।

Comment


Related News

Latest News

Trending News