अपडेट 
२०८१ जेष्ठ २३, बुधबार ०७:२२

मधेश प्रदेश सभाको बैठकले दुई वटा विधेयक दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाउने निर्णय गरेको छ ।

मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको मंगलबार बसेको दोस्रो बैठकमा सो निर्णय सर्वसम्मत गरेको छ । सभाको बैठकले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० र बाल अधिकार ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सर्वसम्म निर्णय भएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराए ।

प्रदेश सभा बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेको तर्फबाट खेलकुद तथा समाज कल्याणमन्त्री सरिताकुमारी साहले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० र बाल अधिकार ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलको लागि समितिमा पठाइयोस् भने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

प्रस्तुत दुईवटै प्रस्तावको पक्षमा सर्वसम्मत निर्णय भएको सभामुख मण्डलले जानकारी दिए । प्रदेश सभाको अर्को बैठक बुधबार ३ बजे बस्ने गरी स्थगित गरिएको छ ।

Comment


Related News

Latest News

Trending News