अपडेट 
२०८१ जेष्ठ २३, बुधबार ०९:४९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगातार तेस्रोपटक चुनाव जितेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

१८औँ लोकसभा निर्वाचनमा मोदी आफ्नो संसदीय क्षेत्र वाराणसीबाट लगातार तेस्रोपटक विजयी भएका छन् भने उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) को गठबन्धन एनडीएले बहुमत ल्याएको छ। मोदीले आज तेस्रोपटक सरकार गठनका लागि दाबी पेस गर्ने सम्भावना छ।

लगातार तेस्रोपटक सरकारमा आउन सफल भएकामा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीलाई बधाई दिँदै खुसी व्यक्त गरेका छन्।

‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई छ– लोकसभा चुनावमा भाजपा र एनडीएको लगातार तेस्रो कार्यकालका लागि चुनावी सफलता हासिल गरेकामा’, प्रधानमन्त्री प्रचण्डले मोदीलाई मेन्सन गर्दै एक्समा लेखेका छन्, ‘भारतका जनताको उत्साहपूर्ण सहभागितामा विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यासको सफल समापन भएकोमा हामी खुसी छौँ।’

 

Comment


Related News

Latest News

Trending News