अपडेट 
२०८१ जेष्ठ २३, बुधबार १६:१९

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ ।

प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको योजनामा मनसुन शुरु भएदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर कार्य गरिने उल्लेख छ । अस्ति सोमवार उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसहित प्राधिकरणको कार्यकारी समिति बैठकले याे कार्ययोजना पारित गरेको थियो ।

प्राधिकरणले यस वर्ष १८ लाख एक हजार जना मानिस र चार लाख घर प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले साप्ताहिक, तीन दिन र एक दिन अगाडिको मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर जोखिम आकलन गरी पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो । उहाँका अनुसार प्राधिकरणले विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी काम गर्नेछ ।

यसैबीच प्रतिनिधि सभा बैठकमा बोल्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कमान्ड पाेस्टले विपद्अघिको पूर्वतयारीदेखि विपद्पछि गर्नुपर्ने सबै प्रकारका काम गर्ने बताउनुभयो । उहाँले दैविक सहायता कोष प्रदेश, जिल्ला र सबै पालिकाका विपद् कोषहरूमा गरी कुल ६ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ मौज्दात रहेको पनि बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News