अपडेट 
२०८१ जेष्ठ २४, बिहीबार ०७:४६

मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले सरकार गठन गर्न अबेर राती साढे १० बजे दलहरुलाई आव्हान गरेकी छन् ।

मधेशका प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि उनी पदमुक्त भएको जनाउ प्रदेश सभा सचिवालयले दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आव्हान गरेकी हुन् । प्रदेश प्रमुख भण्डारीले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्नका लागि बहुमतले पारित नभएकोले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई सरकार गठनगर्न आव्हान गरिएको निमित्त कार्यालय प्रमुख शत्रुधन यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जेठ २५ गते शुक्रबार विहान १०ः०० बजे भित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आव्हान गरेकी छन् ।

जसपालाई सत्ताच्युत गर्ने जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवको नेतृत्वमा सरकार गठनका लागि विहिवार बहुमत सदस्यको हस्ताक्षर सहित दावी पेश गर्ने बताइएको छ । संसदमा विश्वासको मत लिन असफल भएका मुख्यमन्त्री यादवपनि संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्रीका लागि जनमत संसदीय दलका नेता यादवलाई नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एसले समर्थन जनाइसकेका छन् ।नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेपाल संघीय समाजवादी पार्टीले समर्थन गरेका छन् । १ सय ७ सदस्यीय मधेश प्रदेश सभामा एमालेका सभामुख बाहेक २४, जनमतका १३, माओवादी केन्द्रका ९ र नेकपा एसका ७ जना सभासद छन् ।बहुमत भन्दा १ स्थान कम रहेको गठबन्धनमा नाउपा र संघीय समाजवादी पार्टीले समर्थन गरेपछि ५५ पुग्ने छ ।त्यो आवश्यक बहुमत संख्या भन्दा १ बढी हुनेछ । लोसपाका संसदीय दलका नेता समेत रहेका अभिराम शर्मा निलम्बित छन् ।एमालेका रामचन्द्र मण्डल सभामुख रहेका छन् ।

विद्यार्थी राजनीतिबाट उदाएका नेता महेश यादव जनमत पार्टीबाट सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को ‘२’बाट निर्वाचित भएका हुन् ।उनी मधेश प्रदेशमा यस अघि शिक्षा मन्त्री रहेका थिए । संघीय गठबन्धन अनुसार नै मधेश प्रदेशमा बनेको गठबन्धनका ठूला दल नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मन्त्रालय बाँडफाँटको छलफल विहिवार हुने बताएका छन् ।‘सरकार फेर्ने र मुख्यमन्त्री दिने दलको विषयमा मात्र निर्णय भएको छ ’ उनले भने मन्त्रालयको बाँडफाँटको विषयमा विहिवार छलफल हुनेछ ।

सरकार गठनका लागि शुक्रवार बिहान १० बजे सम्मको समय निर्धारण गरिएपनि गठबन्धनले विहिवार सबेरै मुख्यमन्त्रीको बहुमत सहितको दावी पेश गर्ने जनाइएको छ । मन्त्रालय बाँडफाँटको विषयमा टुंगो नलागेको भावी मुख्यमन्त्री यादवले जनाए ।‘दलहरुबीच छलफलगरि मन्त्रालयको विषय टुंग्याइनेछ’ उनले भने, बुधवार ढिला भएकाले बैठक बस्न सकेन् ।

जसपा नेतृत्वको सरकारमा एमालेको ४ जना मन्त्री र १ जना राज्यमन्त्री थिए ।नेकपा एसको २ जना मन्त्री र माओवादीको २ जना मन्त्री रहेका थिए ।अर्थमन्त्रालयमा माओवादीका भरत साहले दावी गरेका छन् ।भौतिक पूर्वाधार विकास मन्त्रालय एमालेको पोल्टामा जानेछ ।एसका लागि हर्ष नविस्मात भएको छ ।एसका सभासद रत्नेश्वर गोइतले सरकारमा रहेपनि पदका लागि वाहेक नभएको दुखेसो पोखे ।

Comment


Related News

Latest News

Trending News