अपडेट 
२०८१ जेष्ठ २४, बिहीबार ०९:५३

जनमत पार्टीको संसदीय दलको नेता फेरिएको छ । महेस प्रसाद यादवको ठाउँमा संसदीय दलको नेताको रुपमा सतीस सिंहलाई चयन गरिएको छ ।

अब मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश कुमार सिंह बन्ने भएका छन् । जनमतले सिंहलाई मुख्यमन्त्रीमा सारेको हो ।

जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव हिजो विश्वासको मत नपाएपछि सोही राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले आज सरकारको दावी गर्ने बुझिएको छ ।

नयाँ सरकारको नेतृत्व जनमतलाई दिने निर्णय पनि सत्ता गठबन्धनले गरिसकेको छ । जनमतले मुख्यमन्त्रीका लागि सारेका सिंह सप्तरी २‘क’ बाट निर्वाचित सांसद हुन् ।

Comment


Related News

Latest News

Trending News