२०८१ जेष्ठ २४, बिहीबार ११:४२

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आज सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार तीन सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा भने बिहीबार सुनको भाउ प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

बुधबार प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १८ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comment

Related News

Latest News

Trending News