अपडेट 
२०८१ जेष्ठ २४, बिहीबार १९:५८

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण स्वीकृत भएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो ।

‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन आइतबार भारत जान लागेका हुन् ।

प्रधानमन्त्रीसहितको टोली भारत भ्रमणमा जाने प्रस्ताव स्विकृत भए पनि कति सदस्यीय टोली जाने भन्ने टुंगो लागि नसकेकेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Comment


Related News

Latest News

Trending News