अपडेट 
२०८१ जेष्ठ २५, शुक्रबार ०८:१३

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीको नेतृत्त्वमा प्रदेश प्रमुख समक्ष दाबी पेस गरिएको छ।

जनमत पार्टी नेतृत्वमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष केहीबेर अघि दाबी पेस गरेका हुन्।

प्रदेश प्रमुख भण्डारीले बुधवार संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा सरकार गठनका लागि आज बिहान १० बजेको समय तोकेर दाबी पेस गर्न आह्वान गरेकी थिइन्।

नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता साहका अनुसार आज बिहान ११ बजे नै मधेस भवनस्थित कभर्ड हलमा मुख्यमन्त्री र मन्त्रीहरूको शपथग्रहण हुनेछ। जनमत पार्टीबाट सतिश सिंह मुख्यमन्त्री बन्दैछन।

Comment


Related News

Latest News

Trending News