अपडेट 
२०८१ जेष्ठ २५, शुक्रबार १५:०४

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको निर्वाचन प्रणालीका कारण संघमा राजनीतिक स्थिरता कायम हुन नसकेको बताएकी छन् ।

शुक्रवार काठमाडौंमा डिजिटल नेपाल कन्क्लेभअन्तर्गतको पावर संवाद सत्रमा उनले मुलुकको संवैधानिक व्यवस्था, निर्वाचन प्रणालीका कारण संघमा पटक पटक सरकार परिवर्तन हुने अवस्था आएको र राजनीतिक स्थिरता कायम हुन नसकेको बताएकी हुन् ।

कुनै पनि एउटा पार्टीको बहुमत नभएको अवस्थामा मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेकाले यही विषयलाई अन्यथा रूपमा बुझ्न नहुने उनको भनाइ छ ।

मन्त्री शर्माले केन्द्रको सरकार सुशासनको पक्षमा दृढताका साथ उभिएको भन्दै मुलुकको परिवर्तनप्रति सकारात्मक भाष्य सिर्जना गर्न सफल भएको दाबी गरिन् । त्यस्तै उनले आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिई सूचना प्रविधि दशक घोषणा गरिएको बताइन् । मन्त्री शर्माले आइटी दशकको अवधिमा आइटी क्षेत्रमा पाँच लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गरिने जानकारी दिइन् ।

उनले सरकार डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमार्फत आम नागरिकको जीवनस्तर उकास्ने र आर्थिक समृद्धि हासिल गर्ने अभियानमा केन्द्रित रहेको पनि बताइन् ।

Comment


Related News

Latest News

Trending News