अपडेट 
२०८१ जेष्ठ २६, शनिबार ०६:४९

मधेश प्रदेशको छ दलीय सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले शपथग्रहणपछि शुक्रबार कार्यभार सम्हालेका छन् ।

मधेश भवनस्थित मन्त्रालय पुगी उनले कार्यभार सम्हालेका छन् । अघिल्लो सरकारमा समेत उनी सोही मन्त्रालय सम्हालेका थिए । पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिनुपूर्व उनले सरकारमा सहभागी अन्य सहकर्मीका साथ मन्त्री पदबाट राजीनामा दिएका थिए । नेकपा एमाले नेतृत्वमा बहुमतीय वा ठूला दलका आधारमा सरकार बने पार्टी संसदीय दलका नेता समेत रहेका उनी मुख्यमन्त्री बन्ने निश्चित थियो । तर, संयुक्त सरकारको नेतृत्व जनमत पार्टीलाई दिने संघीय सत्ता गठबन्धनको निर्णयपछि उनी दोस्रो वरियताका मन्त्री भएका छन् । पुरानै मन्त्रालयमा दोहोरिएका यादवले ‘एक निर्वाचन क्षेत्रअन्तर्गतको प्रत्येक निर्वाचन क्षेत्रमा एक पक्की पुल निर्माण’ गर्ने विकासको गौरव योजना सञ्चालन गर्ने पहिलो निर्णय गरेका छन् ।

मधेश प्रदेशमा भने सडक निर्माण नहुँदा अधिकांश पक्की पुल प्रयोगविहीन बनेका छन् भने धेरैजसो निर्माणाधीन भएको वर्षौसम्म पनि पुलले पूर्णता पाएका छैनन् । मन्त्री यादवले मन्त्रालयका सचिवलगायत कर्मचारीहरूलाई विकास निर्माणका काम द्रुत गतिमा सञ्चालन गर्न तथा आगामी आर्थिक वर्षका लागि जनतालाई प्रत्यक्ष लाभ पुग्नेगरी ठोस कार्यक्रम प्रस्ताव गर्न निर्देशन दिएका छन् ।

Comment


Related News

Latest News

Trending News