२०८१ जेष्ठ २६, शनिबार १२:१५

विद्यार्थी भिसामा अध्ययनको लागि रसिया पठाई दिन्छु भनेर झन्डै ११ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई रौतहट स्थित प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ।

पक्राउ पर्नेमा स्थानीय यमुनामाई गाउँपालिका २ का २३ वर्षीय राहुल कुमार प्रजापति रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन्।

प्रजापतिले आफ्नै गाउँका  २० वर्षीय जितेन्द्र कुमार यादव लाई अध्ययन भिसामा रसिया पठाइदिने भनेर एम्बेसीद्वारा जारी भएको भन्दै नक्कली कागजात देखाएर १० लाख ८७ हजार ७२० रुपैयाँ ठगी गरेका थिए ।

पीडितको उजुरीको आधारमा पक्राउ परेका प्रजापतिमाथि ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दायर गरी जिल्ला अदालत रौतहटबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Comment


Related News