अपडेट 
२०८१ जेष्ठ २६, शनिबार २०:०५

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले षड्यन्त्रपूर्वक पार्टी फुटाउने काम भए पनि ९९ प्रतिशत नेता तथा कार्यकर्ताहरू आफूहरूकै साथमा रहेको दाबी गरेका छन् ।

शनिबार जनकपुरधाममा पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सो कुरा बताएका हुन । राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदहरूलाई चोइट्याइए पनि पार्टी यथावत रहेको यादवले बताए । केही नेताहरूलाई राज्यले मोहरा बनाएर चोइट्याउनुलाई विभाजन भन्न नमिल्ने उनको तर्क थियो । उनले कुनै राजनीतिक तथा सैद्धान्तिक मतभेद नभएको भन्दै मन्त्री बन्न र धन कमाउन नेताहरू चोइटिएका आरोप लगाए ।

अध्यक्ष यादवले विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाउने काम कूटनीतिक मर्यादा विपरीत भएको बताउनुभयो । उनले आगमी दिनमा संघीयता तथा समावेशीता पक्षधरहरूसँग सहकार्य र गठबन्धन हुनसक्ने बताए ।

साथै उनले जनकपुरधाममा हुने महाधिवेशनमा देशका ७७ जिल्लाबाट १ हजार ३ सय प्रतिनिधि आउने जानकारी दिनुभयो ।

तीन दिनसम्म चल्ने महाधिवेशनको बन्द शत्रमा राजनीतिक वैचारिक दस्ताबेज, नीतिगत दस्ताबेज दस्ताबेज पेश गरेर त्यसमा व्यापक बहस तथा छलफल पछि महाधिवेशनबाट आवश्यक परिमार्जन सहित पारित गरिने अध्यक्ष यादवले जानकारी दिनुभयो ।

यस्तै महाधिवेशनबाट नयाँ नेतृत्वका लागि जेठ ३० गते चुनावी प्रक्रिया शुरु हुने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

Comment


Related News

Latest News

Trending News