अपडेट 
२०८१ जेष्ठ २७, आईतवार ०७:१४

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएपछि आइतबार शपथ लिने भएका छन् ।

राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो । एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

नवनियुक्त प्रधानमन्त्री मोदीले आइतबार साँझ ६ बजे शपथ लिने भएका छन् । सो शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ भारतको औपचारिक भ्रमणमा जाने छन् । प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेको जनाएको छ । प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आइतबार नै भेटवार्ता हुने कार्यक्रम तय भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News