अपडेट 
२०८१ जेष्ठ २७, आईतवार २०:१६

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलयले स्वीकृति प्राप्त गरी लामो समय नवीकरण नभएका शैक्षिक परामर्श दातृ संस्थाको नवीकरण गर्ने निर्णय गरेको छ ।

निर्देशिका बमोजिम संस्था नवीकरण गर्नुपूर्व मन्त्रालयको उच्च शिक्षा महाशाखाको नेतृत्वमा अनिवार्य स्थलगत अनुगमन गरिने मन्त्रालयले जनाएको हो ।

हालसम्म शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ अनुसार १४७३ वटा शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्वतयारी कक्षा सञ्चालन गर्ने गरी दर्ता भएका छन् ।

तर, २०७५ साल साउन १६ गतेबाट संस्था दर्ता तथा त्यसका लागि आवेदन, नविकरण लगायतका कार्य रोकिएको थियो भने शैक्षिक मेला सञ्चालन अनुमति समेत दिइएको थिएन । अब नविकरण भएका संस्थालाई मात्रै शैक्षिक मेला सञ्चालनको अनुमति दिईनेछ । विना अनुमति आफूखुशी सञ्चालन भएका शैक्षिक मेलालाई कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म मन्त्रालयमा सूचीकृत भई सकेका संस्थाको विवरण, नामसारी तथा ठाउसारीको अवस्था, सेवा प्रदान गरेका विद्यार्थीको विवरण मन्त्रालयले प्राप्त गरिरहेको थिएन । सञ्चालनमै रहेका यी सेवाबाट प्राप्त हुने राजस्वसमेत अहिलेसम्म अद्यावधिक नभएकोे र अनुगमन तथा नियमन समेत भएको थिएन । सेवाग्राही मर्कामा परेपछि कारवाहीका लागि उजुरी गर्दासमेत समस्या परेको गुनासो आउने गरेको थियो ।

यसकारण मन्त्रालयले सूचीकृत भएका संस्थाको नविकरणका लागि आवेदन लिने निर्णय गरेको हो । अनुगमनको मासिक प्रतिवेदन मन्त्रीसमक्ष पेश गर्नुपर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News