अपडेट 
२०८१ जेष्ठ २९, मंगलवार २०:०८

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन केही सुझावसहित सर्वसम्मले पारित भएको छ।

कुल ३१ पृष्ठको उक्त प्रतिवेदन अध्यक्ष यादवले जनकपुरमा जारी महाधिवेशनको बन्द सत्रमा प्राप्त सुझावलाई समेटेर संशोधन गरिने बताएका छन् ।

अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि महाधिवेशनको बन्द सत्रमा समूहगत छलफल सुरु भएको थियो । प्रतिवेदनउपर छलफल गर्न प्रतिनिधिहरूलाई विभिन्न दशवटा समूहमा विभाजन गरिएको थियो ।

यसैगरी, पूर्वमन्त्री विजय यादवले पेश गरेका पार्टीको आय-ब्यय प्रतिवेदन र लेखा आयोग प्रमुख अमरेश नारायण सिंहले प्रस्तुत गरेका पार्टीको लेखा परिक्षण पनि सर्वसम्मतले पारित भएको छ।

Comment


Related News

Latest News

Trending News