अपडेट 
२०८१ जेष्ठ ३०, बुधबार ०६:४७

मधेशको विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले नीति तथा कार्यक्रम ल्याउन अघि विश्वासको मत नलिएको प्रति आपत्ति जनाएको छ ।

लोसपा नेपालका मधेश प्रदेश अध्यक्षसमेत रहेका प्रदेशसभा सदस्य जितेन्द्र सोनलले सरकारले नीतिगत निर्णय गर्नुअघि विश्वासको मत लिनुपर्ने बताए । अध्यक्ष सोनलले नीतिगतरुपमा महत्वकांक्षी दीर्घकालीन योजनासमेत नीति तथा कार्यक्रममा हुने भएकाले प्रदेशसभाबाट अनुमोदित सरकारले मात्रै नीति तथा कार्यक्रम र बजेट ल्याउन मिल्ने बताए ।

उनले प्रतिनिधिसभामा नेपाली कांग्रेसको अवरोध र विरोधलाई समाधान गरी संघीय नीति तथा कार्यक्रम र बजेट आएको एवं नीति तथा कार्यक्रम ल्याउन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएको स्मरण गर्दै अध्यक्ष सोनलले गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रम र बजेटकै लागि चुनौतीपूर्ण परस्थितिमा विश्वासको मत लिएको बताए ।

Comment


Related News

Latest News

Trending News