अपडेट 
२०८१ जेष्ठ ३०, बुधबार ०८:११

जनता समाजवादी पार्टी ९जसपा० नेपालको एकताको महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको छ ।

महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुनेछ । जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चयन गर्न नेताहरू कसरत थालेका छन् ।

नेतृत्व चयनका लागि बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुने महाधिवेशन प्रतिनिधि तथा मधेशका सांसद राजकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार उम्मेदवारी परेपछि सहमतिको प्रयास गरिने नभए निर्वाचन गराउने तयारी छ ।

Comment


Related News

Latest News

Trending News