अपडेट 
२०८१ जेष्ठ ३०, बुधबार १८:५३

मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरले राजीनामा दिएका छन् । सरकार फेरिएकाले उनी पदबाट राजिनामा दिएका हुन् ।

मुख्यमन्त्री सतिश कुमार सिंहमार्फत् मुख्य न्यायाधिवक्ता ठाकुरले राजीनामा दिएका थिए । उनको राजीनामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले स्वीकृत गरेकी छन् ।

तत्कालीन जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा ०७९ माघ १५ मा यादव मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए ।

Comment


Related News

Latest News

Trending News