अपडेट 
२०८१ जेष्ठ ३१, बिहीबार ११:०२

मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेअनुसार पश्चिम तराईमा आज पनि तातो हावा चल्नेछ। महाशाखाले मंगलबार विशेष बुलेटिन जारी गरी पश्चिम तराईमा तीन दिन तातो हावा चल्ने चेतावनी दिएको थियो।

बीचमा सामान्य घटेको तापक्रम केही दिनदेखि फेरि बढ्न थालेको छ। केही दिनदेखि पश्चिम तराईका भूभागहरुमा तापक्रम ४० देखि झन्डै ४४ डिग्री सेल्सियससम्म पुगेको छ। dबुधबार सबैभन्दा बढी तापक्रम धनगढीमा ४३.९ डिग्री सेल्सियस मापन भएको छ।

नेपालगन्जमा ४२.२ डिग्री सेल्सियस पुगेको थियो। नेपालगन्जमा न्यूनतम तापक्रम नै २९ डिग्री सेल्सियम मापन भएको थियो। त्यसको तुलनामा धनगढीको न्यूनतम तापक्रम २५.६ डिग्री सेल्सियस मापन भएको थियो।

बुधबार दिपायलमा ४०.८ डिग्री सेल्सियस, विरेन्द्रनगरमा ४१.१ डिग्री सेल्सियस, भैरहवामा ४०.४ डिग्री सेल्सियस, घोराहीमा ३९.५ डिग्री सेल्सियस, जनकपुरमा  ३७.८ डिग्री सेल्सियस मापन भएको थियो।

मौसमविद बिनु महर्जनले बिहीबार पनि लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागहरुमा तापक्रम उच्च रहने पूर्वानुमान रहेको जानकारी दिइन्।

काठमाडौंमा पनि आज तापक्रम उच्च रहनेछ। बुधबार काठमाडौंको अधिकतम तापक्रम ३४.३ डिग्री सेल्सियस पुगेको थियो।

पश्चिम तराईका भूभागहरुमा भने तत्काल वर्षा हुने सम्भावना देखिएको छैन। २७ गते नेपाल भित्रिएको मनसुनको प्रभाव अहिले पनि सूदुरपूर्वी भूभागहरूमा मात्रै छ।

Comment


Related News

Latest News

Trending News