अपडेट 
२०८१ जेष्ठ ३१, बिहीबार १८:०१

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशसभाका सदस्यहरुले राख्नुभएको सुझावहरू बजेटमा समेट्ने प्रतिबद्धता प्रकट गर्नुभयो । उहाँले मधेश प्रदेश सरकारले बोलेर होइन काम गरेर देखाउने पक्षमा रहेकाले काम गर्नका लागि सबैसँग सहयोगका लागि आग्रह समेत गर्नुभयो ।

यसअघि नीति तथा कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंहले राख्नुभएको संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो ।

मुख्यमन्त्री सिंहले पारित गर्नका लागि प्रदेशसभामा पेश गर्नुभएको नीति तथा कार्यक्रमलाई उपसभामुख बबिता कुमारी राउत ईशरले निर्णायार्थ पेश गर्नुभयो । उक्त प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित भएको छ ।

गत मङ्गलवार मधेश प्रदेशसभामा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।

Comment


Related News

Latest News

Trending News