अपडेट 
२०८१ जेष्ठ ३२, शुक्रबार ०७:५०

धनुषाको महेन्द्रनगरबाट ६ दिनदेखि बेपत्ता रहेकी एक महिलाको हत्या गरी शव लुकाइएको आशंका छ ।

जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका– ५ स्थित सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुवी यादव ६ दिनदेखि बेपत्ता भएपछि उनको हत्या गरी शव लुकाइएको आशंका माइत पक्षले गरेको छ । रुवीकी श्रीमान राजु यादवको परस्त्रीका कारण बिबाद हुँदै आएको थियो । उनी केही महिनाअघि वैदेशिक रोजगारबाट फर्केका थिए । परस्त्रीसंग राजुको हिमचिम हुँदा श्रीमति रुवीसंग केही महिनादेखि बिबाद थियो । जसको कारणले बेपत्ता गरी हत्या गरेको हुन सक्ने आशंका माइत पक्षको आरोप छ ।

रुवीका भाई महोत्तरीको बर्दिबास नगरपालिका– ९ का अनित यादवले दिएको जानकारी अनुसार बिबादको क्रममा राजुले रुवीलाई कुटपीटसमेत गर्ने गरेका थिए । बेपत्ता हुनु पाँचदिन अघि निर्घात कुटपीट गरेपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा छलफल भएको थियो । गत शुक्रबार रातिदेखि नै रुवी बेपत्ता छन् ।

अर्कोदिन शनिबार बिहान उठेपछि आमा घरमा थिइनन् । उनका ६ वर्षीय छोरा सोनु यादव शुक्रबार राति खाना खाएर बुबाआमासंगै सुतेका थिए । सो राति पनि बिबाद भएको थियो । सोनुलाई उनको बुवा राजुले आमा अन्तै गएको भन्दै उनले आफै खाना पकाएर, खुवाएर स्कुल पठाएका थिए ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा माइतपक्षले रुवी बेपत्ता भएकोले खोजबिनका लागि रुवीको भाइ अनितले निवेदनसमेत दिएको छ । यता इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले रुवीको खोजबिनको लागि सर्च अप्रेसन चलाएको छ । सो घटनाबारेमा इप्रका सखुवा महेन्द्रनगरले निवेदन आएको बारे जानकारी गराए पनि खोज तलास जारी रहेकाले केही भन्न नमिल्ने जनाएको छ ।

Comment


Related News

Latest News

Trending News