अपडेट 
२०८१ जेष्ठ ३२, शुक्रबार ०७:५७

धनुषाका १८ पालिकामध्ये १६ वटा पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ ।

बिहीबार जिल्लाको सबैला नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरेपछि धनुषामा पूर्ण खोपयुक्त पालिकाको संख्या १६ पुगेको छ । स्वास्थ्य कार्यालय धनुषाका खोप फोकल पर्सन राजदेव यादवले जिल्लाका धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिका बाहेक सबै पालिका पूर्ण खोपयुक्त पालिका घोषणा भएको बताए ।

बाँकी दुई पालिका पूर्ण खोपयुक्त घोषण गर्न तयारी पूरा भइसकेको बताउँदै मिति तोक्न मात्र बाँकी रहेको जानकारी दिए । जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिकालाई खोपबाट वञ्चित हुन नदिनतर्फ सबै सचेत हुनुपर्ने र त्यसका लागि निरन्तर अनुगमन आवश्यक रहेको बताए ।

उनले यो घोषणा सधैँ कायम राख्न महिला स्वास्थ्य स्वयंसेविका महत्वपूर्ण योगदान रहने जानकारी दिए । सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले सबैको साथ सहयोगका कारण मात्रै यो पालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्न सफल भएको बताए ।

खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्रमा पाउनुपर्ने खोपहरू सबै बालबालिकाले पूर्णरुपमा लिएसँग यो घोषणा गरिएको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News