अपडेट 
२०८१ जेष्ठ ३२, शुक्रबार १३:४६

सांसदहरूले मधेसका आगलागी पीडितमाथि सरकारको दृष्टि नपरेको गुनासो गरेका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरू अनीता देवी र अमरेशकुमार सिंहले पहाडका भूकम्पपीडितहरूलाई जसरी राज्यले सहायता गर्छ त्यसरी मधेसका आगलागी पीडितहरूलाई नगरेको गुनासो गरेका हुन्।

सांसद अनीता देवीले मधेसका आगलागी पीडित अहिलेपनि खुला आकाशमुनि बसिरहेको र वर्षातको बेला आएकाले उनीहरूलाई यथाशीघ्र सहायता आवश्यकता रहेको बताइन्।

‘दैनिक ज्यालादारी गर्नेहरू छन्। घर बनाउने अवस्था छैन। सरकारले मधेसका आगलागी पीडितलाई पनि घर बनाउन आर्थिक सहायता गरोस्,’ उनले भनिन्।

सांसद सिंहले तराईमा हरेक वर्ष आगलागी हुने तर त्यहाँ सरकारले बारूण यन्त्रको समेत व्यवस्था नगरेको बताए।

‘न त्यहाँ बारूण यन्त्रको व्यवस्था गरेको छ। न आगलागी भएको घर परिवारले कुनै राहत पाउँछन्। यसपालि नै महोत्तरी मटिहानी, सप्तरीको विष्णुपुर, धनपौलका केही घर जले। घर सम्पूर्ण रूपमा क्षति हुन्छ तर सरकारलाई केही लाग्दैन,’ उनले भने।

उनले आगलागी पीडितलाई तत्काल सहायताको माग गरे।

‘जति भूकम्प पीडादायी हो त्यभन्दा बढी आगालागी पीडादायिक हुन्छ। भूकम्पमा घर भत्किन्छ सामग्री, समाप्त हुँदैन। आगलागीमा खाने अन्नबालीदेखि सबै समाप्त हुन्छ। सरकाले यसमा तुरून्त पहल गरोस्,’ उनले भने।

Comment


Related News

Latest News

Trending News