अपडेट 
२०८१ जेष्ठ ३२, शुक्रबार १९:३७

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको ९ हजार बिघा जग्गा अतिक्रमण भएको पाइएको बताएका छन् । गृह मन्त्रालयका १०० दिनको उपलब्धी सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले यो जानकारी दिएका हुन् ।

जनकपुरमा जग्गा अतिक्रमणबारे गृह मन्त्रालयले ‘बिग अपरेशन’ सुरू गरेको जानकारी दिए । उनले विस्तृतरूपमा भने बताएनन् ।

अनुसन्धानमा भएका विषयहरूको गहनताका कारण सार्वजनिक गर्न नसकिने लामिछानेको भनाइ छ ।

उनले भने, ‘दिनरात एक गरेर काम गरिरहेका छौं । कुनै पनि केसमा कम्प्रमाइज हुँदैन । ती केसका आफ्नै जटिलताहरू छन् । त्यसैले केही समय अवश्य लाग्छ । तर, सुशासन कायम गर्ने कुरामा सम्झौता हुँदैन ।’

गृहमन्त्री लामिछानेले थपे, ‘के भयो कसो भयो भन्नै पर्दैन । हुँदैछ गर्दैछौं । समय आएपछि थाहा पाउनुहुन्छ । कुनै त्यस्तो व्यक्ति छैन जसलाई हामीले बचाउन परोस् । कुनै अभियन्ता, व्यापारिक घरानाको व्यक्ति कसैको पनि भारी बोक्ने होइन । हामीले बोक्ने भारी भनेको जनताले दिएको मतको भारी हो ।’

Comment


Related News

Latest News

Trending News