अपडेट 
२०८१ असार २, आईतवार १३:४३

पर्सा प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले साढे २२ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो । गाई गोठमा लागु औषध गाँजा लुकाई छिपाइ राखेको अवस्थामा पक्राउ गरिएको पर्साले जनाएको छ ।

प्रहरीले टोलीले पटेर्वा सुगौली वडा नम्बर ४ बस्ने भथौडा का २९ वर्षीय अमित कुमार चौधरीलाई पक्राउ गरेको हो । प्रहरीलाई प्राप्त सूचनाको आधारमा छापामारी गर्दा चौधरीको गोठबाट ७ पोका लागु औषध गाँजा बरामद भएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।

पक्राउ परेका साहमाथि लागु औषध सम्बन्धी कसुरमा म्याद थप भई अनुसन्धान प्रक्रिया बढाइएको प्रहरीले जनायो । पक्राउ परेका चौधरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News