![](https://ejanakpurtoday.com/wp-content/uploads/2022/03/thermometer-sun-high-degres-hot-summer-day-high-summer-temperatures-1010691618-2a5ca45876424dffbef441d73ae896b8.jpg)
पश्चिमका तराई क्षेत्रमा आउँदो बिहीवारसम्मै अत्यधिक गर्मी र तातो हावा चल्ने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर पश्चिम तराईमा आउँदो बिहीवारसम्म अत्यधिक गर्मीको चेतावनी दिएको हो । लुम्बिनीको रुपन्देहीदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मको तराई क्षेत्रमा झन्डै तीन हप्ताादेखि तातो हावाको लहर चलिरहेको छ ।
पश्चिम तराईका धेरै ठाउँको तापक्रम पछिल्ला केही दिनदेखि ४० डिग्री सेल्सियसभन्दा माथि रहेको छ ।