अपडेट 
२०८१ असार ४, मंगलवार ०७:१६

भारतीय महावाणिज्य दूतावास वीरगञ्जले चितवनको भरतपुरमा योग कार्यक्रम सम्पन्न गरेको छ ।

भरतपुरमा सोमबार नारायणी नदी किनारमा योग कार्यक्रम सम्पन्न गरिएको दूतावासले जनाएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले योग अभ्यासबाट हुने फाइदाहरूको बारेमा चर्चा गरिन् । उनले जीवनका लागि योगलाई आफ्नो दैनिक बानी बनाउन सबैमा अनुरोध समेत गरिन् । भरतपुर महानगरपालिकाले आफ्नो मातहतका प्रत्येक सार्वजनिक तथा निजी विद्यालयमा योग शिक्षक नियुक्त गरी योगलाई लोकप्रिय बनाउन हरसम्भव प्रयास गरिरहेको उनले बताइन् ।

भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले योगले मानवको स्वास्थ्यमा सुधार आउने बताउँदै मानव जातिको समग्र कल्याणमा योगको ठूलो महत्व रहेको बताए । उनले यसको निरन्तर्ताले अदभुत फाइदा हुने बताए । उनले सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा नेपाल सहित १७७ सदस्य राष्ट्रद्वारा सहप्रायोजित प्रस्ताव पारित गरे पछि सन् २०१५ देखि २१ जुनमा अन्तर्र ाष्ट्रिय योग दिवस मनाउन थालिएको बताए । उद्योग वाणिज्य संघ चितवन, नेपाल भारत मैत्री संघ र पतञ्जली योग समिति, चितवन तथा आर्ट अफ लिभिङको सहकार्यमा आयोजनामा भएको सो योग कार्यक्रममा सयौँ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सो योग कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवी, नागरिक समाजका सदस्यलगायतको सहभागि रहेको थियो ।

Comment


Related News

Latest News

Trending News