अपडेट 
२०८१ असार ४, मंगलवार १५:४०

प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले संसदमा सांसदहरूले बोलेको कुरा बाटोमा हिँड्ने बटुवाले बोले सरह पनि नहुने गरेको गुनासो गरेका छन्।

उनले अहिले पनि राणा र पञ्चायतकालको सोचअनुसार सरकार चलेकाले गणतन्त्र र पञ्चायतकालमा फरक नरहेको बताए। संसदमा मन्त्रालयगत बजेटमाथिको छलफल गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन्।

सांसद सिंहले संसद्‌मा सांसदहरूले बोलेको कुरा बाटोमा हिँड्ने बटुवाले बोले सरह पनि नहुने गरेको गुनासो गरे। उनले अहिले पनि राणा र पञ्चायतकालको सोचअनुसार सरकार चलेकाले गणतन्त्र र पञ्चायतकालमा फरक देख्ने अवस्था नरहेको बताए।

मंगलवार प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले यस्तो बताएका हुन्।

सिंहले भने, ‘शुरुदेखि यो देश राणा र पञ्चायतमा हुर्केको एकल व्यक्ति र सोचको असर अहिले बहुदल गणतन्त्र आउँदा पनि त्यही सोच हुर्केको छ। कसैले भन्छ– पञ्चायत र गणतन्त्रमा फरक छ। मलाई त्यस्तो लाग्दैन। किनकि यहाँ जनप्रतिनिधिहरूको जुन बिजोग देख्छु। राजा र छोटे राजाको बीचमा बजेटको विषयमा छलफल गर्नु बेकार छ। राजा भनेको प्रधानमन्त्री र छोटे राजा मन्त्रीहरू हुन्।’

यसैले प्रधानमन्त्री र मन्त्रीहरूले सुनुवाइ नगर्ने भएकाले संसद्‌मा सो बजेटमाथिको छलफलको कुनै अर्थ नरहेको उनको तर्क थियो।

Comment


Related News

Latest News

Trending News