२०८१ असार ४, मंगलवार १५:५८

आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरिएको अभियोगमा एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

गत जेठ ३२ गते बिहान अनुमानित ४ बजेको समयमा घरमा नै सुतिरहेको बेला श्रीमानले घाँटी थिचि श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहटको राजपुर नगरपालिका वडा नं–५ मदनी चौक घर भएका बर्ष ३४ कम मसुद आलम लहेरीले आफ्नो श्रीमती वर्ष ३७ की नजाबुन नेसाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डीएसपी एलिजा गिरिले जानकारी दिइन् ।

पक्राउ परेका आलमलाई अनुसन्धान गर्दा आफूले श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । आलममाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News