२०८१ असार ५, बुधबार ०८:२८

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनमा भाग लिएका नेताहरूमाथि मुद्दा लगाइएको प्रति सरकारलाई प्रश्न गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मधेश आन्दोलनमा भाग लिएका नेताहरू पूर्व प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र रायलाई महोत्तरी जिल्ला अदालतले आजिवन कैदको सजाय सुनाएको भन्दै यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले पुराना पार्टीहरू हतियार उठाएरै आए पनि उनीहरू माथि कुनै मुद्दा नभएको बताए ।

माओवादीहरू जनयुद्धमा हतियार उठाएर आए पनि उनीहरु प्रति कुनै मुद्दा नभएको भन्दै अध्यक्ष ठाकुरले मधेशीमाथि किन मुद्दा लाग्यो भनि प्रश्न गरे । उनले नेपाल राज्यको इतिहास कहिल्यै शान्तिपूर्ण नरहेको भन्दै पछिल्ला घटनाहरू कुनै नयाँ घटना नभएका पनि बताए ।

Comment

Related News

Latest News

Trending News