अपडेट 
२०८१ असार ५, बुधबार १४:२९

नुहाउन गएका दुई बालकलाई बाढीले बगाउँदा ज्यान गएको छ ।

लहान नगरपालिका-१७ बलानसर टोलस्थित बलान खोलामा आएको बाढीले बगाउँदा स्थानीय लगन सदाका छोरा ८ वर्षीय आशिक सदा र अजय चौधरीका छोरा ८ वर्षीय रितिक चौधरीको मंगलबार दिउँसो मृत्यु भएको हो ।

नुहाउन गएका उनीहरूलाई बाढीले बगाएको खबर आएपछि प्रहरी चौकी लहान र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

Comment


Related News

Latest News

Trending News