अपडेट 
२०८१ असार ६, बिहीबार ०६:३५

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बजेट र योजना चिया पसलमा बिक्री हुने क्रम रोकिने बताएका छन् ।

महोत्तरीको मटिहानी नगरपालिकाको १३ औँ नगर सभाको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकारको बजेट र योजना चिया पसलमा बिक्री हुने क्रम जनमत नेतृत्वको सरकारले रोक्न सफल भएको दाबी गरे । मुख्यमन्त्री यादवले भने, ‘ अन्न निर्यात गर्नुपर्ने प्रदेशमा अहिले हरेक अन्न आयात गर्नुपर्ने स्थिति आएको छ,’ उनले भने, ’संघीयता मधेशलाई चाहिएको छ । मधेशलाई कृषि आवश्यक छ ।’

उनले मधेशको कृषि उत्पादनको अवस्था सन्तोषजनक नरहेको बताए । संघीयताको भविष्य मधेश प्रदेशको नीति कार्यक्रम र बजेटले बलियो बनाउने प्रयास गरेको उनले बताए । ‘मधेशको विकासका लागि ठूलो प्लटमा खेती आवश्यक छ,’ उनले भने, ‘व्यवसायिक कृषि खेती गर्ने स्थानीय तहसंग प्रदेश सरकार समन्वय गर्न तयार छ ।’ तीन तहको सरकारले एकै खालको योजना ल्याउने परम्परा रोक्न प्रदेश सरकार अग्रसर भएको उनको भनाइ थियो ।

Comment


Related News

Latest News

Trending News