अपडेट 
२०८१ असार ६, बिहीबार ०६:३७

मधेश प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले समग्रमा बजेट जनमुखी रहेको दाबी गरेका छन् ।

जनकपुरधाममा बुधबार अर्थ मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री साहले हतारहतारमा ल्याइएको बजेटमा न्यून त्रुटि देखिए पनि बजेट जनमुखी भएको दाबी गरे । उनले बजेटमा हरेक क्षेत्र र व्यवसायीलाई राहत मिल्ने गरी विभिन्न शीर्षक अनुरुप बजेट मैत्रीपूर्ण ल्याउने प्रयास गरेको बताए । न्यून समयमा बजेट तयारी गर्नुपर्दा सानासाना त्रुटिहरु देखिएपछि सो सच्याउनका लागि पत्रकार सम्मेलन गरेको भन्दै अर्थमन्त्री साहले भने, ‘बजेट कम समयमा ल्याउनु पर्दा हतारहतारमा ल्याइएपछि सानासाना कुराहरु त्रुटि भएकोले आजको पत्रकार सम्मेलनबाट सो त्रुटिहरु सच्याउने काम भएको छ ।’

उनले न्यून बजेटका विकास निर्माणका कामहरु स्थानीय तहलाई अनुदानमा दिइने बताउँदै सरोकारवाला मन्त्रालय आफैले सो बजेटहरु खर्च नगर्नेसमेत प्रस्ट गरे । बेटी बचाउ, बेटी बचाउ अभियानको सवालमा उनले सो कार्यक्रम सकारात्मक रहे पनि यसलाई थप व्यवस्थित र पारदर्शी गर्नुपर्ने देखिएपछि तत्कालका लागि सो कार्यक्रमलाई स्थगित गर्दै बजेट रोकेको अर्थमन्त्री साहले भने ।

यता संसदीय विकास कार्यक्रमका लागि छुट् याइएको बजेट अदालतमा विचाराधीन रहेको अवस्थामा मधेश प्रदेश सरकारले सांसदहरुको सिफारिसमा संसदीय विकास कोषको रकम विनियोजन गरेको छ । सो बजेट अदालतले तत्काल कार्यान्वयनमा रोक लगाएको छ । तर सो बजेट सवालमा अर्थमन्त्री साहले संसदीय विकास कोष नभई जनताको सिफारिसमा संसदले प्रयोग गर्ने गरी सो बजेट विनियोजन गरिएको जिकिर गरे ।

Comment


Related News

Latest News

Trending News