अपडेट 
२०८१ असार ६, बिहीबार १०:५३

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जिबी राईको लोकेशन पत्ता लागिसकेको बताएका छन्।

बिहीबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै मलेसियाको गृहमन्त्रीसँग आफ्नो कुराकानी भइरहेको र उनैले जिबी राईको लोकेशन कन्फर्म गरेको मन्त्री लामिछानेले बताए।

‘कहाँ छन् भन्ने थाहा भइसक्यो। गृहमन्त्री ज्युले लोकेशन कन्फर्म गरिसक्नुभएको छ,’ उनले भने।

लामिछानेले तीन दिनअघि मात्रै मलेशियाको गृहमन्त्रीसँग आफ्नो कुराकानी भएको पनि बताए। कुराकानीमा जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भएको उनले बताए।

सुपुर्दुगी सन्धिलगायत विभिन्न कारणले उनलाई तत्काल नेपाल ल्याउन नमिलेको पनि लामिछानेले बताए।

‘विषय फरक हुन्छ। जुन ढंगले उहाँ बस्नुभएको होला। त्यहाँका लिगल स्टाटसदेखि दुई देशबीचको समझदारीका कारणहरू छन्। तर हामीले लोकेट गरेका छौं। हामी कोसिसमा छौं,’ उनले भने।

Comment


Related News

Latest News

Trending News