अपडेट 
२०८१ असार ६, बिहीबार १३:१४

जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास विशेष प्रदेश समितिले आङकाजी शेर्पा विरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

जसपाको प्रवास विशेष प्रदेशका संयोजक डा.कृष्णकुमार राई र ललितपुर जिल्ला अध्यक्ष कर्म महर्जनले बुधवार शेर्पाविरुद्ध प्रहरीसमक्ष उजुरी दिएका हुन् ।

प्रवास विशेष समिति र बालकुमारीस्थित जिल्ला पार्टी कार्यालयबाट कागजात र फर्निचर लगेको आरोपमा शेर्पा र उनको समूहलाई प्रहरी प्रभाग कार्यालय ललितपुरमा उजुरी दिइएको छ । जेठ २९ गते आफूहरू पार्टी महाधिवेशनका क्रममा जनकपुरमा व्यस्त रहेका बेला उनीहरू आएर फर्निचरसहित कागजातहरू उठाएर लगेको संयोजक राईले  उजुरीमा उल्लेख गरेका छन् ।
महाधिवेशनको बेला पार्टीको सम्पत्ति गायब पारेको भन्दै खोजतलासका लागि प्रहरीमा उजुरी दिइएको उनले बताएका छन् । यसअघि शेर्पा जसपा नेपालकै नेता थिए । अशोक राईले पार्टी विभाजन गरेर अर्को जसपा बनाएपछि शेर्पा सो पार्टीमा गएका छन् ।

त्यसअघि शेर्पा प्रवास कमिटीका संयोजक थिए ।

Comment


Related News

Latest News

Trending News