२०८१ असार ६, बिहीबार १३:१४
जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास विशेष प्रदेश समितिले आङकाजी शेर्पा विरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
जसपाको प्रवास विशेष प्रदेशका संयोजक डा.कृष्णकुमार राई र ललितपुर जिल्ला अध्यक्ष कर्म महर्जनले बुधवार शेर्पाविरुद्ध प्रहरीसमक्ष उजुरी दिएका हुन् ।
महाधिवेशनको बेला पार्टीको सम्पत्ति गायब पारेको भन्दै खोजतलासका लागि प्रहरीमा उजुरी दिइएको उनले बताएका छन् । यसअघि शेर्पा जसपा नेपालकै नेता थिए । अशोक राईले पार्टी विभाजन गरेर अर्को जसपा बनाएपछि शेर्पा सो पार्टीमा गएका छन् ।
त्यसअघि शेर्पा प्रवास कमिटीका संयोजक थिए ।

