अपडेट 
२०८१ असार ६, बिहीबार १६:४६

कोकिनको क्याप्सुल खाएर नेपाल ल्याउने गिरोह पक्राउ परेका छन् ।

तान्जानियाका नागरिक डोनाल्ड ज्याक्सन मागुवा एक केजी २ सय ६ ग्राम र भेनेजुएलाका नागरिक साइमन एन्टोनियो अल्फन्जो राडा एक केजी एक सय ९८ ग्राम कोकिनसहित काठमाडौंबाट पक्राउ परेका छन् ।

जेठ २७ गते काठमाडौं आएका मागुरा ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको थियो । उनको पेटबाट ७७ थान क्याप्सुल निकालिएको थियो । उनले उक्त क्याप्सुल इथोपियामा खाएर दुबई हुँदै काठमाडौं आएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार राडा असार १ गते ब्राजिल हुँदै काठमाडौ आएका थिए । ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा उनको साथबाट ९२ थान कोकिनका क्याप्सुल बरामद भएको थियो । उनले पनि ती क्याप्सुल खाएर नेपाल ल्याएको ब्युरोको दावी छ ।

यस्तै ब्राजिलबाट आएकी एक महिल २ केजी एक सय ग्राम कोकिनसहित पक्राउ परेकी छिन् । उनले महिलाले लगाएको कपडाका बटनभित्र उक्त कोकिन राखेर नेपाल ल्याएको ब्युरोका अधिकारीले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News