अपडेट 
२०८१ असार ७, शुक्रबार ०६:३२

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाको टोलीले स्रोत नखुलेको रकमसहित पक्राउ गरेका भारतीय नागरिकलाई भन्सार कार्यालय परिसरबाट नै भगाइएको छ ।

सशस्त्र प्रहरीको टोलीले सीमा नाकामा गस्ती गरी रहेको बेला शंका लागेर बाइक चेकजाँच गर्दा स्रोत नखुलेको १४ लाख ८० हजार नेपाली रुपैयाँसहित एकजना भारतीय युवकलाई नियन्त्रणमा बिहीबार नियन्त्रणमा लिएको थियो । भारतबाट नेपाल भित्रिएको बीआर ०५ बि ६२१२ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रमममा मोटरसाइकल चालक भारत बिहार पूर्वी चम्पारण मोतिहारी झरोखर–७ का ३१ वर्षीय गजेन्द्र रायको साथबाट सो रकम बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुँमागाईले बताएका छन् । गजेन्द्रले मोटरसाइकल तथा शरीरको खुट्टा, कम्मर लगायत स्थानमा लुकाएर ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको रकम फेला पारिएको उनले जनाए ।

बरामद भएको रकम, मोटरसाइकल तथा मानिसलाई आवश्यक कानुनी कारबाहीको लागि गौर भन्सारमा बुझाइएको सशस्त्रका प्रहरी उपरीक्षक हुँमागाईले बताए । तर भन्सार कार्यालय परिसरबाट रायलाई मोटो रकम लिएर भगाइएको स्थानीयहरुले जनाएका छन् । यस सम्बन्धमा सशस्त्र प्रहरी भने मौन रहेको छ ।

Comment


Related News

Latest News

Trending News