अपडेट 
२०८१ असार ७, शुक्रबार ०६:५१

पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारको स्थायित्वको पक्षमा रहेको बताएका छन् ।

बर्दिवासमा बिहीबार समाजवादी प्रेस संगठनको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले राजनीतिक स्थायित्वको पक्षपोषण गर्ने शक्तिले असन्तुष्टि हुने बितिकै बसेर छलफल नगरी समीकरण भत्काउने र सरकार बदल्ने सोच्न नहुने बताए । अध्यक्ष नेपालले भने, ‘सरकारले ल्याएको बजेटमा हाम्रा असन्तुष्टि छन्, हामी बसेर छलफल गर्छौ, सरकार फेरबदलको पक्षमा छैनौ ।’ समाजवादी पार्टी सरकारको स्थायित्व, समानता र परिवर्तनको पक्षमा रहेको उनले भने ।

अध्यक्ष नेपालले राजनीति गर्ने देश बनाउन र जनताको सेवा गर्न भएकाले राजनीतिबाट माथि पुगेपछि अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने पद्धतिबाट देशको विकास नहुने बताए । असार १६ गते हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा मधेशमा आएका नेपालले आफ्नो पर्टिले आफ्नो देशको विशेषताका आधारमा टेकेर प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउँदै नेतृत्व छान्ने जानकारी दिए । मधेशमा ३३ हजार पार्टी सदस्य र मधेशबाट मात्रै केन्द्रीय प्रतिनिधि ३ सय ३१ रहेकाले मधेशमा समाजवादीको अवस्था निकै राम्रो रहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News