अपडेट 
२०८१ असार ७, शुक्रबार ०७:५४

धनुषाको गणेशमान चारनाथ नगरपालिकाले नेपाली सेनालाई विपद् व्यवस्थापन समाग्री प्रदान गरेको छ ।

विपदाबाट बचाउनको लागि नगरपालिकाले तालिम प्राप्त सेनालाई विपद व्यवस्थापनको समाग्री प्रदान गरेको हो । विहिबार एक कार्यक्रमबीच सेनाका प्रतिनीधिलाई २७ थान विपद व्यवस्थापन समाग्री हस्तान्तरण गरिएको हो ।

गणेशमानचारनाथ नगरपालिकाका नगर प्रमुख जीतनारायण यादव, उपप्रमुख तुलसा पाण्डे, प्रमुख प्रशासकीय अधिकृत रँजीत यादव, प्रशासकीय अधिकृत सूर्यनारायण सिँह, लेखा अधिकृत शिवनारायण साहले सँयुक्त रुपमा नं. १ राजदल गणका धारापानी ब्यारेकका सेनानी बम बहादुर लिम्बुलाई समाग्री हस्तान्तरण गरिएको हो ।

बर्षाको मौसमपछि बाढी, पहिरो, जलाशयबाट हुन सक्ने मानवीय क्षति, भौतिक क्षतिलाई नियन्त्रण गर्न र ज्यान बचाउनको लागि सो समाग्री प्रदान गरिएको हो ।  नगरपालिकाले लाईफ ज्याकेट, ट्युब, सेफ्टी हेल्मेट, डोरी लगायतका समाग्री प्रदान गरिएको हो ।

Comment


Related News

Latest News

Trending News