अपडेट 
२०८१ असार ७, शुक्रबार १७:३२

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गोर्खा बुअरीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

इजाजतपत्र नभएको आपूर्तिकर्तामार्फत श्रमिक आपूर्ति गरी गैरकानूनी रूपमा काममा लगाएको भन्दै विभागले कारबाही स्वरूप जरिवाना गरेको हो ।

उक्त विषयमा विभागले स्पष्टीकरण माग गरेको थियो । स्पष्टीकरण नदिई श्रमिक आपूर्ति गर्ने काम गरेको भन्दै श्रम ऐन, २०७४ को दफा १६३(क) अनुसार दुई लाख जरिवाना गरिएको विभागका निर्देशक मणिनाथ गोपले बताए । उक्त जरिवाना रकम १५ दिनभित्र दाखिला गर्नुपर्ने र गैरकानूनी रूपमा भइरहेको काम रोक्न समेत निर्देशन दिएको छ ।

गैरकानूनी रूपमा भर्ना गरिएका कामदारलाई काममा नलगाउन विभागले पत्राचार गरेको थियो । तर, उक्त पत्रको कुनै जवाफ नदिई बसेको भन्दै विभागले कानुन अनुसार जरिवाना गरेको हो ।

Comment


Related News

Latest News

Trending News