अपडेट 
२०८१ असार ८, शनिबार ०७:३७

खाने पानी माग्दै जनकपुरधाममा प्रदर्शन गरेको छ । चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले सरकार पानी देउ, चुरे दोहन बन्द गर, खोलाको अवैध उत्खनन बन्द गरलगायत नारा लेखिएको घैँटा, प्लेकार्डसहित जनकपुरधाम नगरमा प्रदर्शन गरेका छन् ।

शुक्रबार जनकपुरधामस्थित जनक चोकदेखि नगरको विभिन्न भागको परिक्रमा गर्दै प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालय अगाडिसम्म पुगेका थिए । १२ बुँदे मागसहित मुख्यमन्त्री सतीश कुमार सिंहलाई ज्ञापनपत्र समेत बुझाएका छन् । दिलीप महतोलाई प्रथम पर्यावरण शहीद घोषणा, चुरेको अवैध दोहन बन्द, संघीय सरकारद्वारा ल्याइएका ढुंगा, गिट्टी र बालुवा विदेश निकासी गर्ने विधेयक तत्काल खारेज गर्नुपर्ने, मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा, डढेलो नियन्त्रण तथा खुल्ला चरिचरण बन्द गर्नुपर्नेलगायतको १२ बुँदे चुरे संरक्षण अभियान नेपालको माग रहेको छ ।

चुरे तथा वनजंगल संरक्षण अभियान नेपाल संयोजक सुनिल कुमार यादवले मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका छन् । सो ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सिंहले मधेश सरकारको अधिकार क्षेत्र अन्तर्गत पर्ने मागहरु पूरा गर्न प्रयास गर्ने आश्वासन दिए । सो ज्ञापनपत्र बुझाउने चुरे बचाउ अभियन्ताहरुले सप्तरीको भारदहदेखि पद यात्रा गरी काठमाण्डु गएर पनि २९ दिनदेखि आन्दोलन जारी राखेका छन् ।

Comment


Related News

Latest News

Trending News