अपडेट 
२०८१ असार ८, शनिबार ०७:४०

धनुषाको कमला नदीमा बनेको झोलुंगे पुल हेर्न दिनहुँ हजारौँको संख्यामा सर्वसाधारण आउने गरेका छन् । नेपालकै सबैभन्दा लामो झोलुंगे पुलको रुपमा रहेको पुल हेर्नका लागि धनुषा, सिरहाका विभिन्न स्थान तथा भारतको बिहार राज्यबाट पटनासम्मका सर्वसाधारणहरु हेर्नेको लर्को नै लागेको हुन्छ ।

कमला नदीसँगै जोडिएको सिराहा नगरपालिका– १३ मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने झोलुंगे पुल निर्माण भएपछि धनुषाको जनकनन्दनी गाउँपालिकास्थित कठालमा रहेको झोलुंगे पुल बनेपछि सो पुल हेर्नका लागि दिनहुँ भिड लाग्ने गरेको छ भने सो पुलमा सेल्फी लिनेहरुको तछाडमछाड नै हुने गर्दा यात्रुहरुलाई निकै सास्ती खेप्नु परेको एक पैदल यात्रुले बताए ।

स–परिवार नै झोलुंगे पुल हेर्न आएकी भारत विहारको मधुवनीका सविना खातुनले खुसी हुँदै भनिन्, ‘आफुहरु स–परिवार झोलुंगे पुल नै हेर्न आएको तर अत्यधिक भिडभाडका कारण पुलमाथि चढ्नका लागि पालो कुरिरहेको छु ।’ सो झोलुंगे पुल हेर्नकै लागि आएकाहरुले पुलमाथि चढेर सेल्फी लिने र अत्यधिक भिडभाडसंगै मोटरसाइकलसमेत गुड्ने गर्दा संकटमा पर्ने चिन्ता स्थानीय विनोद मण्डललाई लागेको छ ।

यसैबीच सर्वसाधारणहरुको अत्यधिक चाप र मोटरसाइकलको ओभरलोड भएपछि दुवै तर्फबाट आवतजावत बन्द गरिएको छ । पुल निर्माणको क्रममा निर्माणका क्रममा अहोरात्र खटेका स्थानीय मण्डलले पुलको सुरक्षा तथा क्षमताभन्दा बढी भएमा नियन्त्रणका लागि प्रहरी प्रशासनलाई गुहारे पनि बेवास्ता गरेपछि पुलमा असर देखिन थालेपछि क्षति हुने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरे ।

इलाका प्रहरी कार्यालय खजुरीका प्रहरीले दिनहुँ भिडलाई नियन्त्रण गर्नमा जुटे पनि सिरहाबाट प्रहरीले कुनै पनि किसिमको सहयोग नगर्दा समस्या उत्पन्न भएको उनको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News