२०८१ असार ८, शनिबार ०७:४३

नेकपा (माओवादी केन्द्र) जनवर्गीय संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चाको बृहत् विस्तारित बैठक शुक्रबारदेखि सुरु भएको छ ।

वीरगञ्जको नगरसभा गृहमा सुरु भएको विस्तारित बैठकमा मोर्चाको नीति र विधान, मधेशको जनजीविकाको सवाललगायत सांगठनिक गतिविधिबारे व्यापक छलफल हुने जनाइएको छ । मोर्चाको नीति तथा विधानको अधीनमा रही मधेश मुद्दाको विषयमा गहन छलफल हुने र सो बैठकमा सहभागी नेताहरुको राय सुझाव सहित घोषणा पत्र जारी गरी बैठक सम्पन्न हुने मोर्चाका इञ्चार्ज मातृका प्रसाद यादवले बताए ।

शुक्रबार र शनिबार दुईदिनसम्म चल्ने विस्तारित बैठकबाट निष्क्रिय अवस्थामा रहेको मधेशी राष्ट्रिय मुक्ति मोर्चालाई क्रियशील बनाउनुका साथै मधेशी जनताको समस्या मुद्दालाई उठान गरी भ्रष्टाचार निर्मूल गरी सुशासन कायम गर्न तर्फ अभियान सुरु गर्ने नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका इन्चार्ज यादवले बताए ।

Comment

Related News

Latest News

Trending News