अपडेट 
२०८१ असार ८, शनिबार १९:१९

कोशी प्रदेशको आउँदो आर्थिक वर्षको बजेट पारित भएको छ ।

कोशी सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा भोलि सुनुवाई हुने तालिका छ । त्यसैले सत्तापक्षले चार दिनको छलफलपछि हतार–हतारमा आज बजेट पारित गरेको हो ।

कोशी प्रदेशका अर्थमन्त्री रामबहादुर मगरले असारको १ गते आउँदो आर्थिक वर्षको लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । असारको ४ गतेदेखि बजेटमाथिको छलफल शुरु भएको थियो । हिजो राति ९ बजेसम्म प्रदेशसभाको बैठक बसेको थियो ।

Comment


Related News

Latest News

Trending News