अपडेट 
२०८१ असार ९, आईतवार ०७:२९

जनकपुरधाममा दुई दिवसीय ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ ।

लोक सञ्चारको आयोजनामा हुने पहिलो संस्करणमा महोत्सवमा स्वदेशी र विदेशीसहित मैथिली भाषामा निर्माण गरिएका सात चलचित्र, लघुचलचित्र र वृत्तचित्र प्रदर्शन गरिने महोत्सवका निर्देशक रमेश रञ्जनले जानकारी दिए । उनले भने, ‘हामीले चलचित्र प्रदर्शनीसँगै अन्तरक्रियात्मक कार्यक्रम गर्दैछौँ, यस महोत्सवको उद्देश्य मूलतः मैथिली भाषामा बनिरहेका चलचित्रलाई हेर्नु र स्थानीयले त्यसलाई कसरी लिइरहेका छन् भन्ने विषयमा बुझ्नु छ ।’ उनले मैथिली भाषीको संख्या ठूलो रहे तापनि यसले चलचित्रको विकास नहुनुका कारण पत्ता लगाउनलाई महोत्सव आवश्यक रहेको बताए । उनले सन् १९५० को दशकदेखि नै मैथिली भाषाको चलचित्र बनिरहे तापनि पछिल्लो समय संख्यात्मक र गुणात्मकरुपमा कमी आएकाले यस्ता महोत्सव आवश्यक रहेकामा जोड दिए ।

यही असार ११ र १२ गते जनकपुरधाममा हुने महोत्सवमा नेपालबाट वृत्तचित्रतर्फ ‘गुमकी’ र ‘विदापत’ तथा लघुचलचित्रतर्फ ‘अफवाह’ प्रदर्शन गरिने जनाइएको छ । त्यस्तै विदेशीतर्फ भारतमा निर्मित चलचित्रतर्फ ‘ललका पाग’, ‘ लोटस ब्लूम्स’, ‘समानान्तर’ र लघुचलचित्र ‘रक्त तिलक’ प्रदर्शन गरिने उनले बताए । त्यस्तै महोत्सवमा ‘मैथिली सिनेमाको निर्माण र व्यवसाय’, ‘ निर्देशकसंग विमर्श’, ‘समकालीन परिदृश्यमा मैथिली सिनेमा’, ‘मैथिली सिनेमाकोविविध स्वरूप र सम्भावना’ शीर्षकमा अन्तरक्रियासमेत हुने उनले बताए ।

Comment


Related News

Latest News

Trending News