अपडेट 
२०८१ असार ९, आईतवार ०७:४६

देशको विकासका लागि पत्रकारिता जगत स्वच्छ हुनुपर्ने वक्ताहरुले जोड दिएका छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय माउन्ट आवुवाट आएका मिडिया क्षेत्रका विज्ञहरूले यसका लागि पहिला पत्रकारहरूमा सकारात्मक ऊर्जा तथा चिन्तन हुन जरुरी रहेकोमा वक्ताहरुले जोड दिए ।

भारतको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय माउन्ट आवुका मिडिया प्रभारी डा. दिन दयाल मित्तलले सामाजिक तथा आर्थिक परिवर्तनमा मिडियाको योगदान महत्वपूर्ण भएकाले सकारात्मक समाजको निर्माण गर्नमा सकारात्मक समाचारलाई प्राथमिकतामा राख्नका लागि आग्रह गरे । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका हैदरावादका राष्ट्रिय मिडिया प्रभारी शारदा दीदिले मिडिया क्षेत्रमा सकारात्मक सोचको निर्माण गर्नका लागि नेपाल भारतका एक हजार पत्रकारहरूका लागि तीन दिवसीय कार्यक्रममा सहभागी हुन आग्रह गरे ।

सो कार्यक्रममा जनकपुरधामसहित मधेश प्रदेशमा कार्यरत रहेका राष्ट्रिय तथा अन्तर्र ाष्ट्रिय सञ्चार माध्यमका चार दर्जन पत्रकारहरूको सहभागिता थियो ।

Comment


Related News

Latest News

Trending News