२०८१ असार १०, सोमबार ०७:३३

महोत्तरीको पिपरा गाउँपालिकाले आर्थिक वर्ष ०८१/८२का लागि ५६ करोड ४७ लाख ९१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

गाउँ सभामा उपाध्यक्ष बन्दना पाण्डेले प्रस्तुत गरेको बजेटमा संघीय सरकारबाट ४६ करोड १६ लाख ६३ हजार रुपैयाँ, प्रदेश सरकारबाट २ करोड ८६ लाख २५ हजार रुपैयाँ प्राप्त अनुदान र आन्तरिक राजश्वबाट ७ करोड रुपैयाँको आधारमा ५६ करोड ४७ लाख ९१ हजार रुपैयाँ बजेट ल्याइएको उल्लेख छ । वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिकाले सिचाइको समस्या समाधान गर्न कुटमेसरी नदीमा ड्याम निर्माण, किसान परिचय पत्र वितरण गर्ने, तरकारी खेती प्रोत्साहन गर्न शीत भण्डार निर्माण, खेत खेतमा बिजुली सिँचाइ अभियान सञ्चालन गर्ने नीति लिएको छ ।

गाउँपालिकामा रामनारायण मिश्र संग्रहालय निर्माण गर्ने, विद्यालय प्रविधि मैत्री बनाउने, दुव्र्यवसनमा लागेकाहरुलाई सुधार्न सुधार केन्द्र स्थापना गर्ने, विदेशबाट आएका युवाको उद्यमशीलता विकासका लागि श्रम बजारको स्थापना गर्ने, एक वडा एक व्यायामशाला स्थापना गर्ने नीति लिएको जनाइएको छ ।

Comment

Related News

Latest News

Trending News